इटहरी/ अनेकौ बिघ्न बाधाहरु छिचोल्दै अन्तत: आजबाट सिनेमा हलहरुमा चलचित्र ‘चपली हाइट ३’ प्रदर्शन सुभारम्भ भएको छ । देशभरको सिनेमा घरहरुमा एकसाथ प्रदर्शन आएको यो एक्लो चलचित्र हो । एकलौटि राज गर्न पाउदा कतिको आम्दानि गर्ला त्यो भने केहि दिनमै थाहा हुनेछ । पटक पटक चलचित्रको प्रदर्शन मिति सारिरहनु पर्दा निर्माता तनाबमा थिए ।

कहिले कोरोना संग जुध्नुपर्ने, कहिले हिन्दि चलचित्रसंग जुध्नुपर्ने, कहिले आफ्नै फिल्मका कलाकारसंग त कहिले नेपालि चलचित्रसंग नै जुध्नु पर्नेको पिडा चपली हाईट ३ ले भोग्नु पर्यो । अन्तत कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि बढ्दै गएको परिप्रेक्षमा चलचित्र प्रदर्शन आएको हो । यस्तो अवस्थामा ब्यापार राम्रो हुने कुरामा भने संका नै छ । जे होस् चलचित्र प्रदर्शनमा आएको छ । नेपालि चलचित्रलाई माया गरौ भन्दै हाम्रो पनि चपली हाइट ३ हेर्नलाई आग्रह छ ।

अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला आदि कलाकारहरुको अभिनय रहेको छ । क्राइम थ्रिलर विधामा बनेको चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।

तपाईको प्रतिक्रिया