इटहरी/ मेघास्टारको उपमा पाएका अनमोल केसि र अभिनेत्री झरना थापा सुपुत्री सुहाना थापा अभिनित बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ को टिजर सार्बजनिक भएको छ । बिगतको सिरिजहरुमा सफलता हासिल गरेको ए मेरो हजुर ४ ले लामो समयको प्रतीक्षा पछि टिजर सार्बजनिक गरेको हो । यो चलचित्र पनि कोरोनाको मारमा परेको थियो । अब देशभरका सिनेमा घरहरुमा आउदो नयाँ वर्ष २०७९ को बैसाख १ गते प्रदर्शन हुने भएको छ । हेर्नुस् टिजर ।

सार्बजनिक टिजरमा अनमोल र सुहानाबीचको प्रेम, रोमान्स र बिछोडलाई देखाइएको छ । सुहाना इन्टरटेन्मेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनले निर्माण गरेको चलचित्र अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा झरनाको कथा रहेको छ भने पटकथा र संवादमा उनलाई छेतेन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।

चलचित्रमा सलोन बस्नेतको समेत मुख्य भूमिका रहेको छ । सुनिल कुमार थापाले निर्माण गरेको चलचित्रमा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, वसन्त सापकोटा, प्रतीक पौडेल, कल्याण सिंह र आशिष अविरलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी गुरुङको सम्पादन रहेको छ । टिजरमा सकारात्मक प्रतिक्रिया आईरहेको छ ।

तपाईको प्रतिक्रिया