इटहरी/ चेलीबेटी बेचबिखन न्यूनीकरण गर्ने प्रयास स्वरुप ‘कर्कलो कोक्याउला’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । वरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य र स्वस्तिमा खड्का सार्बजनिक भिडियोमा फिचर्ड छन् । भिडियोको कथा अत्यन्तै कारुणिक रहेको छ । यी २ को अभिनयले सबैको मन छुन्छ । गीतमा आचार्यको आफ्नै शब्द र स्वर समावेश गरिएको छ भने किरण तुलाधरको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा आचार्य शारीरिक रुपमा अशक्त गाईनेको रुपमा प्रस्तुत भएका छन् । हेर्नुस् भिडियो ।

कलाकार तथा गायक हरिवंश आचार्यले चेलिबेटी बेचबिखनको विषयमा यसअघि केही टेलिचलचित्र निर्माण गरेको भएपनि गीतमा भने पहिलो पटक यो विषय उठाएका हुन् । भिडियोमा हरिवंश आचार्य, स्वस्तिमा खड्कासंगै श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी र विमल खड्काको अभिनय रहेको छ । भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् भने सुशील सापकोटाको छायांकन र सुरक्षा पन्तको पटकथामा भिडियोमा रहेको छ ।

भिडियोलाई यतिबेला सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । सार्बजनिकको २ दिनमा भिडियोलाई झन्डै ६ लाख पटक हेरिएको छ । भिडियोको कमेन्ट सेक्सनमा स्वस्तिमा र हरिबंशको अभिनयको तारिफ अधिक मात्रामा आएको छ भने समाबेश गरिएको कन्सेप्टलाई पनि धेरैले मन पराएका छन् । गज्जब टिभी नामक युट्युब च्यानलमा सार्बजनिक गरिएको भिडियोलाई ३९ हजार बढिले लाईक गरेका छन भने यतिबेला युट्युब ट्रेन्डिङ नेपालको ५ औ स्थानमा पुगेको छ ।

तपाईको प्रतिक्रिया