इटहरी/ गएको पुस २३ गतेदेखि सुनसरीको बर्जु गाउँपालिका-६ चिमडीमा संचालन भएको ‘तेस्रो बर्जु महोत्सव’ को अन्तिम दिन दुखद घटना भएको छ । महोत्सवको आज माघ ४ गते अन्तिम दिनमा प्रमुख आकर्षण तथा कलाकार उपस्थित नहुदा तोडफोड र आगजनी भएको छ । अन्तिम दिनका लागि भोजपुरी चर्चित गायक तथा अभिनेता खेसरीलाल यादवलाई ल्याउने पुर्वनिर्धारित कार्य योजना तय गरेका थिए । सोही अनुरुप महोत्सवमा यादव आउने भन्दै अग्रिम टिकट बिक्री गरिएको थियो ।

टिकट दर धेरै मात्रामा बिक्री भएको थियो भने यादव कार्यक्रममा दिनको ११ बजे आउने तय भएको थियो । तर, उनी कार्यक्रममा नआउदा आक्रोशित बनेको यादव फ्यानका भिडले चारवटा स्करपियोमा आगजनी गर्दै स्टेज तोडफोड गरेको हो । स्कार्पियो काम नलाग्ने गरि पुर्ण रुपमा क्षती भएको छ । स्टेज तोडफोड गरेको समूहले लाखौँ मल्य बराबरको साउन्ड सिस्टम र लाइट समेत तोडफोड गरेका छन् । गायक तथा कलाकार यादव कार्यक्रम स्थलसम्म नआउनुको एउटै कारण थियो । स्थानिय प्रशासन ।

कार्यक्रमका लागि भनेर यादव त नेपाल आइसकेका थिए । तर, बिराटनगरको एसियाटेक होटलमा बसेका उनलाई कार्यक्रम स्थलमा अत्याधिक भिड भएपछि जानमा रोक लगाईएको थियो । यता कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले २५ जनाभन्दा बढी जम्मा हुन नदिएपछि स्थानीय प्रशासनले महोत्सव स्थगित गर्न निर्देशन त्यसअघि नै दिएको थियो । तर आयोजक बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले महोत्सव सन्चालन गरिरहेको थियो ।


तपाईको प्रतिक्रिया