- सुवास संकल्प


इटहरी/ मनोरञ्जन क्षेत्र कस्लाई मन नपर्ला र । त्यो पनि सबैको मनमा बस्ने अनि चर्चित हुने रहर सबैम हुन्छ । मोडल तथा अभिनेता सुवास पराजुली पनि त्यही रहरमा कुनै बेला भौतारिएका थिए । सो क्रममा उनले सफलता पनि हासिल गरे । सन् २०१४ मा ‘मोडल अफ द इयर’को उपाधी जितेपछि उनको सफलताका दिन सुरु भए ।

भोजपुर निवासी ह्यान्डसम पराजुली त्यसपस्चात बिस्तारै चिनिन थाले । उनलाई म्युजिक भिडियो तथा फिल्मको पनि अफर आउन थाल्यो । त्यसैक्रममा उनले अभिनेत्री करिष्मा मानन्धरको ‘फागु’ चलचित्रमा प्रमुख भुमिकामै रोल पाए । जहाँ उनले महानायक राजेश हमाल तथा अभिनेत्री शिल्पा पोख्रेल लगायतसंग स्क्रीन शेयर गरेका छन् ।

सो चलचित्रमा उनको अभिनयले तारिफ पाएको थियो । केही म्युजिक भिडियोमा अभिनय समेत गरेका पराजुलीले ‘डियर जिन्दगी’ नामक सिरियलमा पनि अभिनय गरेका छन् । उनी हाल आफ्नो परिवार सहित काठमाडौंमै छन्, तर मोडलिङ र चलचित्र क्षेत्रबाट अहिलेलाइ भने बिश्राम लिएको उनको भनाइ छ । पराजुली आफ्नो ब्यवसायमा ब्यस्त जीवन बिताईरहेका छन् । हेर्नुस् उनका ३ तस्वीर ।

तपाईको प्रतिक्रिया