इटहरी/ केही वर्षदेखि कोरोनाका कारण खुलेर मनाउन नपाईएको रङ्गहरुको पर्व होलि यसपटक भने हर्षोल्लासपुर्वक मनाईएको छ । यसै क्रममा नेपाली सेलिब्रेटीहरुको होलि तस्वीर पनि चर्चामा आयो । अभिनेत्री पुजा शर्माले त आफ्नो नयाँ प्रेमी युद्ध बानियाँसंग होलि मनाएकी छ । उनले आफ्नो ओरजिनल गीत भन्दै पहिलो पटक बानियाँसंग होलि खेलेको सामाजिक संजालमा खुलाएकी छन् । केही समयदेखि चलेको यी २ को प्रेम चर्चा केही साता यता औपचारिक नै भएको छ । पुजा शर्माले बानियाँलाई सामाजिक संजालमा प्रेमिको रुपमा सार्बजनिक गरेपछि यी २ ले पहिलो पटक एकसाथ रङ्गप्रेम होलि मनाएका हुन् ।

तपाईको प्रतिक्रिया