इटहरी/ गायिका लक्ष्मी आचार्यले चलचित्र विकास बोर्डद्वारा राष्ट्रपति कार्यालयमा आयोजना गरेको चलचित्र सम्मान तथा अवार्ड कार्यक्रमबाट पार्श्वगायनको पुरस्कार हात पारिन् । उनले यो पुरस्कार त हात पारिन, उता अन्य चलचित्रकर्मिहरु भने चलचित्रमा योगदान नदेखिएको अथवा चलचित्रका गीतमा खासै आवाज नै नसुनेको गायिकालाई कुन आधारले पुरस्कार दिइयो भनेर चर्चा चल्यो । यो त छदै नै छ । यता गायिका आचार्य आफ्नै विगत नै देखि डराईरहेको आंकलन गर्न सकिन्छ । युट्युबमा उनको नाम खोज्ने हो भने धेरै त उनको अन्तरबार्ता नै अगाडि आउछ । त्यो पनि छाडा, भल्गर र परिवारसंग बसेर हेर्न र सुन्ने नमिल्ने ।

तर ति अन्तरबार्ताहरु ३/४ वर्ष पुरानो भएपनि त्यसको प्रभाव यतिबेला गायिका लक्ष्मीलाई परे जस्तो छ । यस्तो सम्मानीत पुरस्कार पाईरहदा उनलाई सामाजिक संजालमा सर्च गर्नेहरु पनि बढ्छन । अनि यस्ता कन्टेन्ट देख्दा उनले पाएको त्यो सम्मान तथा पुरस्कारको औचित्य रह्यो त ? उल्टै सम्मान दिनेहरुमाथि नै प्रश्न खडा हुन्छ । आचार्यले अबको आफ्नो सफलताको बाटो देखेर नै होला, मिडियाहरुलाई र युट्युबरहरुलाई त्यस्ता अन्तरबार्ता हटाउन अनुरोध गरेकी छन् । उनले गएको मार्च १८ गते अर्थात १ महिनाअघि आफ्नो फेसबुक पेजबाट स्ट्याटस पोस्ट्याउदै सो कुरा भनेकी हुन् ।

उनले लेखिके छन् ‘सबैलाई नमस्कार! मेरो जीवनमा यो नाम र प्रसिद्धि पाएकोमा म धेरै कृतज्ञ छु । मेरो संघर्षको समयमा मैले यति धेरै अन्तर्वार्ता दिएको chu. But some interview was really bad and I am feeling blablabla at this time. मलाई थाहा छ यो गल्ती थियो, र म मेरा सबै पत्रकार साथीहरूलाई तपाइँको मिडियाबाट यस प्रकारको अन्तर्वार्ता हटाउन अनुरोध गर्दछु। यसले मलाई भयानक महसुस Garayekp cha र मलाई समस्याहरू निम्त्याEko cha। कृपया सबै अन्तर्वार्ता हटाउनुहोस्। आशा छ सबै पत्रकार र YouTuber ले मेरो भावना बुझ्नुहुनेछ। Hope I will get help from you ❤️ सम्मान सहित धन्यवाद ‘

यो स्ट्याटसलाइ उनको सबै छाडा भिडियो अन्तरबार्ताको कमेन्टमा समेत राख्देकी छन् । आफ्नै अन्तरबार्तादेखी डर पनि कत्ति हो ? तर अहिलेसम्म पनि अन्तरबार्ता ज्युकोत्यु छ । मोडल समेत रहेकी उनको सो हर्कत त्यतिबेला चर्चामा आउन, भाईरल हुन सिवाय अरु केहिको लागि नै हो भन्न सकिदैन । भईरल हुन र चर्चाको लोभमा परेर जे पनि गर्दिने अनि अहिले आएर सो अन्तरबार्तालाई हटाउन भन्नु कत्तिको जायज हो लक्ष्मी जी ?

तपाईको प्रतिक्रिया