- सुवास संकल्प

इटहरी/ प्रचारप्रसारको लागि इटहरी आइपुगेको नेपाली कथानक चलचित्र ‘कबड्डि ४’ को भब्य कार्यक्रम सम्पन्न भएको छ । इटहरी १६, लविपुरमा अवस्थित भाटभटेनी शुपरमार्केटको पछाडी प्राङ्गणमा गरिएको सो प्रचारात्मक कार्यक्रममा चलचित्रका चर्चित अनुहारहरुको उपस्थिति रहेको थियो । साझ ६ बजेदेखि सुरु भएको कार्यक्रम २ घण्टासम्म चलेको थियो । १५०० बढी इटहरीवासीको उपस्थिती रहेको सो प्रचारात्मक कार्यक्रममा कलाकार दयाहाङ राई, बुद्धि तामाङ ‘हैट’, विल्सम बिक्रम राई ‘तक्मेबुढा’, बिजय बराल, उपेन्द्र सुब्बा र अभिनेत्री मिरुना मगरको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्पुर्ण कलाकारहरूलाई भाटभटेनी सुपरमार्केट इटहरीकि म्यानेजर लक्ष्मी गुरुङ, चलचित्र पत्रकार संघ सुनसरी अध्यक्ष बिनोद विश्वकर्मा र डिथ्री अनलाइनका संचालक सुवास श्रेष्ठ संकल्पले खदा लगाएर स्वागत सम्मान गरिएको थियो । कार्यक्रमबाट सबै कलाकारले यहि जेष्ठ १३ गतेबाट प्रदर्शनमा आउने आफ्नो चलचित्र ‘कबड्डि ४’ सिनेमा हलमा गएर हेर्न आग्रह गरे । चलचित्रको इटहरी प्रोमोसनल कार्यक्रममा स्थानिय संयोजकको रुपमा ‘चलचित्र पत्रकार संघ, सुनसरी’ रहेको थियो ।

यस्तै प्रचारप्रसारमा ‘डिथ्री अनलाइन’ र पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन’ ले सघाएको थियो । कार्यक्रमलाई चलचित्र पत्रकार संघ सुनसरी उपाध्यक्ष मनोज दाहालले संचालन गरेका थिए भने मध्यभागदेखि विल्सम बिक्रम राई ‘तक्मेबुढा’ संचालन गरे । कार्यक्रममा इटहरीकि गायिका गंगा बिष्टको गायन प्रस्तुती र धरानको डान्स ग्रुप गरिमा डान्स सेन्टरको आकर्षक नृत्यसंगै अन्य थुप्रै प्रस्तुतीहरुमा इटहरीबासी झुमेका थिए । फाईनल म्याच भनिएको ‘कबड्डि’ सिरिजको यो चौथो तथा अन्तिम शृङ्खला यहि जेठ १३ गतेदेखि देशभरका सिनेमा हलहरुमा एकसाथ प्रदर्शन हुँदैछ ।

तपाईको प्रतिक्रिया