दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र ‘चिसो मान्छे’को सेन्सर भएको छ । रिलिजको करिब २ साता अगाडि सोमवार चलचित्रको सेन्सर गरिएको हो । २ घन्टा लम्बाईको चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल प्रमाणपत्र पाएको छ । यो सर्टिफिकेट पाएको चलचित्रलाई सबै उमेरका दर्शकले हेर्न पाउँछन् ।

चलचित्र हेरेपछि सेन्सरका कर्मचारीहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । उनीहरुले अर्को बर्ष राष्ट्रिय चलचित्र पुरस्कार पाउने चलचित्र बनेको प्रतिक्रिया दिएका थिए । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल मुख्य भूमिकामा छन् । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

सेन्सरबाट पाएको प्रतिक्रियाले आफूहरु उत्साहित भएको निर्देशक खनालले बताए । असारको ३ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् । डिएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा देशभक्त खनाल, स्वस्तिमा खड्का, अर्पण थापा, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय छ ।

तपाईको प्रतिक्रिया