इटहरी/ नेपालि चलचित्रहरु एकआपसमा जुध्ने परम्परा पुरानै हो । जुन प्रक्रिया रोकिने छाटकाट नै छैन । रोकियोस् पनि कसरि ? सबैलाई सार्वजनिक विदा र पर्वको छेको पारेर लगानी उठाउनु छ । तर, आगामी भदौ १० गते कुनै पर्व खाने दाउ बिनै पनि स्टार अभिनित २ ठुला ब्यानरका चलचित्र एक-आपसमा भिडिने भएको छ । अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’ले ओगेटेर बसेको यो मितिमा अभिनेत्री पूजा शर्मा अभिनीत चलचित्र ‘सम्हालिन्छ कहिले मन’ पनि प्रदर्शन हुने भएको छ । यता पुर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत चलचित्र ‘द सिक्रेट अफ राधा’ पनि प्रदर्शन हुने निश्चित भइसकेको छ ।

पुजा आकाश र प्रदीपको यो भिडन्त दोश्रो पटक हो । यी २ यसअघि ‘रोज’ र ‘रामकहानी’ को साथमा बक्साफिसमा जुधेका थिए । आगामी असार ४ गते एक गीत सार्वजनिक गर्दै भदौ १० गतेलाई ‘सम्हालिन्छ कहिले मन’को प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम रहेको जानकारीमा छ । ‘प्रकाश’मा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, देवकुमार श्रेष्ठ, हुम विसी, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखकलगायतको अभिनय रहेको छ भने ‘सम्हालिन्छ कहिले मन’मा पूजासँगै सोनम तोप्देन, आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतको अभिनय छ ।

तपाईको प्रतिक्रिया