इटहरी/ यतिबेला चलचित्र ‘चिसो मान्छे’ प्रदर्शनका लागि प्रचारप्रसार गर्दै कलाकारहरु अन्तरबार्ता र टेलिभिजन रियालिटी शोहरुमा ब्यस्त छन् । गत सोमबार कमेडी क्लब विथ च्याम्पियन मा देखिएको चलचित्रका प्रमुख कलाकार स्वस्तिमा खड्का र अर्पण थापा अर्को रियालिटी शो ‘नेपहपको श्री पेच’ मा पनि देखिएका छन् । कार्यक्रम प्रसारणको दौरानमा अभिनेत्री स्वस्तिमाले समेत र्याप हानेकी छन् । र्यापहरुको रियालिटी शो हो ‘नेपहपको श्रीपेच’ ।

जसमा खड्काले पनि अर्का चर्चित र्यापर आशिष राना ‘लाउरे’ को एक चर्चित र्याप स्टेजमा नै गएर गाइन् । उनको र्याप गायनले धेरैलाई रमाइलो आभास त गराउछ । तर, र्यापमा प्रयोग भएको छाडा शब्दलाई उनले कन्ट्रोल नगरेको हो कि भन्ने भान भएको छ । गाउदा गाउदै दर्शक तिर फर्क्याएको माईक पुनः आफै तर्फ फर्किदा उनले गाउदै गर्दा र्यापमा प्रयोग भएको छाडा शब्द प्रष्टै सुनिएको छ । हुन त यो स्वतन्त्र र्यापर जन्माउने शो भएकाले यस्ता शब्दहरु खासै आपत्तिजनक नहोला । र्यापरबाटै फुत्किएको यस्ता शब्दमा आपत्ती नहोला । तर एउटा सेलिब्रेटीबाट र्यापको नाममा फुत्किएको त्यस्ता शब्दले समाजमा कस्तो अर्थ राख्ला त ?

तपाईको प्रतिक्रिया