इटहरी/ एकसमयको लोकप्रिय टेलिभिजन हास्य टेलिसिरियल ‘तितो सत्य’मा बाल कलाकारको भुमिका निर्वाह गरेर लोकप्रिय बनेका राज आचार्य र ‘इन्टुमिन्टु लन्डनमा’ फिल्मकी नायिका सुनिशा बजगाईं विवाह बन्धनमा बाधिदै छन् । विवाह गर्नुअघि ब्याचलर पार्टी दिने प्रचलन बढ्दै गैरहेको बेला यी २ पनि अछुतो रहन सकेनन् । बुधबार बेलुका काठमाडौमा अवस्थित भीआईपी रेस्टुरेन्ट लाउन्ज एण्ड बारमा सुनिशा र राजले ब्याचलर पार्टी दिए ।

सो ब्याचलर पार्टिमा यी २ को निकट साथी तथा नजिकका केही कलाकारहरू मात्रै थिए । केक काटेर केककै होलि खेल्दै साङितिक माहौलमा भोजको समेत ब्यवस्था गरि ब्याचलर पार्टी मनाए । सो पार्टिमा राज र सुनिशा रोमान्टिक देखिएका थिए भने राजले गीत समेत गाएका थिए । डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई यी २ ले यहि असारको ७ गते विवाहमा परिणत गर्दैछन् । केही म्युजिक भिडियोमा एकसाथ मोडलिङ समेत राज र सुनिशाले यसअघि प्रि-वेडिङ फोटोसुट समेत गरिसकेका छन् ।

प्रेमलाई विवाहमा परिणत गर्न लागेका राज भारतमा चार्टर्ड अकाउन्टेन्टको पढाइ सकेका अहिले नेपालमै समय बिताइरहेका छन् । राज वरिष्ठ अभिनेता तथा निर्देशक शंकर आचार्यका छोरा हुन् । सुनिशाको जन्मथलो सुनसरीको इटहरी हो । बुवा जगन बजगाईं र आमा कल्पना बजगाईंको कोखबाट सन् १९९८ को मे २५ मा जन्म भएको हो । तर, जन्मथलो इटहरी भएपनि उनी अहिले काठमाडौ निवासी हुन् । कलेज नेपालबाट चर्चामा आएकी सुनिशाको ‘घरमा कोहि नहुदा’, ‘फुलबुट्टे चोली’, ‘म राजकुमार’, ‘मेरि पुतली’, ‘रातो बत्ती’ लगायतका म्युजिक भिडियोहरु हिट भएका छन् । उनी अभिनित पछिल्लो फिल्म ‘पासो’को केही साताअघि ट्रेलर सार्बजनिक भएको छ ।

तस्वीर: भीआईपी रेस्टुरेन्ट लाउन्ज एण्ड बारको पेजबाट ।

तपाईको प्रतिक्रिया