इटहरी/ पुजा शर्मा अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को गीत ‘जरुरी कुरा छ’ बोलको गीत सार्वजनिक भएको छ । सार्बजनिक पश्चात् सो गीतको भिडियो यतिबेला युट्युब ट्रेन्डिङमा छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको थियो । अन्जु पन्त र सुरेश लामाको स्वर रहेको रोमान्टिक गीतमा पूजा शर्मा र सोनम थोप्देन फिचर्ड छन् । सुरेश वाग्लेको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।

हामिले यो समाचार तयार पार्दासम्म सो भिडियोलाई २ दिन पुग्नै लाग्दा युट्युबमा ५ लाख ४४ हजार बढी पटक हेरिएको छ भने युट्युब नेपाल ट्रेन्डिङको तेश्रो स्थान कब्जा गर्न सफल भएको छ । सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा पूजा र सोनमसँगै आकाश श्रेष्ठको मुख्य भूमिका छ । कभर गायक सोनम थोप्देनले यही फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन् । उनी बलिउडका चर्चित गीतमा कभर संस्करणमा रूचाइएका गायक हुन् । हेर्नुस् उक्त भिडियो ।

२ हजार बढी सकारात्मक प्रतिक्रिया आएको भिडियोलाई ३२ हजार बढिले लाईक गरेका छन् । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अमित बस्नेत, परी राना र अजितकुमार थापा छन् । फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन् । बेलायत र नेपालमा छायांकन गरिएको म्युजिकल लभस्टोरी फिल्मलाई दर्शकले रूचाउने निर्माण टिमको विश्वास छ । सौरभ लामाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । यो फिल्म भदौ १७ गतेदेखि प्रदर्शन हुँदैछ ।

तपाईको प्रतिक्रिया