इटहरी/ द हिडन ट्रेजरले आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता मिस नेपाल वर्ल्ड २०२२ को उपाधी काठमाडौ निवासी प्रियंका रानी जोशीले चुम्न सफल भएकी छन् । उनलाई २०२० कि मिस नेपाल बिजेता नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिइन् । ललितपुरको गोदावरीमा अवस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालेमा मिस नेपाल ताजको लागी २४ जना सुन्दरीहरुको प्रतिष्पर्धा भएको थियो । बिजेताको ताजसंगै जोशीले ‘टाटा टियागो मिस डिलाइट’ को उपाधि पनि जित्न सफल भएकी छन् । त्यस्तै सरिशा श्रेष्ठले मिस नेपाल अर्थ र बिराटनगरकि न्यान्सी खड्काले मिस नेपाल इन्टरनेशनलको उपाधी हात परिन् ।

फिनाले बाट सबटाइटल ‘द काडमाण्डू पोस्ट मिस इन्टेलेक्चुअल ‘, ‘डाबर अमला मिस ब्युटिफुल हेयर’ को उपाधि रोज कँडेल, ‘बर्जर मिस ग्ल्यामर’ को उपाधि सोफिया श्रेष्ठले जित्न सफल भएका छन् । यस्तै ‘ब्रिज सिमेन्ट मिस कन्फिडेन्ट’ को उपाधि सरिशा श्रेष्ठ भईन् भने मिस कन्फिडेन्टको उपाधि पनि मिस नेपाल अर्थ श्रेष्ठले नै जितिन् । यसैगरी ‘मिस पपुलर चोइस’ न्यान्सी खड्का बन्न सफल भईन् । ‘मिस ब्युटी विथ पर्पज’ प्रतियोगी स्मारिका शर्मा, ‘फार्मेसी फेस अफ २२’ गंगा गुरुङ, ‘मिस फोटोजेनिक’ ममता ढकाल र ‘मिस ग्ल्यामर’ सोफिया श्रेष्ठ घोषित भइन् ।

मिस नेपाल वर्ल्ड २०२२ को फिनालेका लागी आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठले प्रतिस्पर्धामा थिए ।

तपाईको प्रतिक्रिया