इटहरी/ ११ वर्ष अघि मेल भर्सनमा सार्वजनिक भएर दर्शक स्रोता माझ लोकप्रिय भैसकेको ‘मेरो बोली सुन्दा’ बोलको गीतको म्युजिक भिडियो फिमेल भर्सनमा सार्वजनिक भएको छ । युवा पुस्तामा सम्भावना बोकेकी गायिका सुजाता केसीको सुमधुर स्वर यस गीतमा सुन्न सकिन्छ । मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा नरहरि प्रेमीको संगीत रहेको छ । गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन् । हेर्नुस भिडियो

म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्की बिचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायिका केसीको आधिकारिक च्यानल ‘सुजाता केसी’ मार्फत सार्वजनिक भएको हो । यसअघि गायिका केसीको स्वरमा समावेश ‘बतास बनी’, ‘जाल बुन्यो माकुराले’, ‘कुरा सिधा छ’ लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् ।

तपाईको प्रतिक्रिया