इटहरी / यही असार ३१ गते देशभरका सिनेमा हलमा एक साथ प्रदर्सन हुने नयाँ नेपाली चलचित्र ‘सिल्ली फो’ को ट्रेलर सार्बजनिक भएको छ । सार्बजनिक ट्रेलरमा चलचित्रका प्रमुख कलाकारहरुलाई देख्न सकिन्छ । चलचित्र सिल्ली फोमा केकी अधिकारी, रबिन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी र भूगोल कार्कीको मुख्य अभिनय रहेको छ । मनोज डि.के ले निर्देशन गरेको चलचित्रका लेखक राज बहादुर साने हुन् भने निर्माण पनि उनैले गरेका छन् । ‘सिल्ली फो’ चलचित्रको गीतमा पुरुश्वोत्तम न्यौपाने र रचना रिमालले आफ्नो आवाज दिएका छन् । ट्रेलर सहित ।

चलचित्रलाई दिब्य सुबेदीले छायांकन गरेका छन् । २ मिनेट ५७ सेकेन्ड लामो सार्बजनिक ट्रेलरमा भरपुर कमेडी र इन्टरटेनमेन्ट्को समिश्रण देख्न सकिन्छ, ट्रेलर हेरेपछि दर्शकहरुमा चलचित्रको प्रतिक्षा बढ्न सक्ने सम्भावना छ । तारा थापाले सम्पादन गरेको प्रस्तुत ट्रेलरलाई साईराम पिक्चर्सबाट सार्बजनिक गरिएको छ । ‘सिल्ली फो’ चलचित्रको गीतमा दिनेश सुबेदीको शब्द छ भने संगीत पुरुश्वोत्तमको रहेको छ ।

तपाईको प्रतिक्रिया