इटहरी/ नेपाली संगीत आकाशमा यतिबेला जताततै सुनिने आवाज र नाम हो रचना रिमाल । नेपाल आइडल प्रतिष्पर्धाबाट चुलिएको उनको चर्चा यतिबेला अत्याधिक छ । उनै लोकप्रिय गायिका रिमालले संगीतमा स्नातक अध्ययन सुरु गरेकी छन् । शुक्रवार आफ्नो आधिकारिक फेसबुकमा एक स्ट्याटस र तस्वीर पोस्ट्याउदै उनले संगीतमा स्नातक अध्ययन सुरु गरेको जानकारी गराएकी छन् । उनका अनुसार रत्न राज्यलक्ष्मी क्याम्पसमा संगीत बिषयमा पहिलो वर्षको स्नातक अध्ययन सुरु गरेकी हुन् । जुन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रहेको छ ।

उनले सो क्याम्पसको गेटमा आफू उभिएर खिचेको तस्वीर स्ट्याट्स संगै राखेकी छन् । जहाँ उनलाई शुभकामनाका कमेन्टहरु आइरहेका छन् । नेपाल आईडल तेस्रो संस्करणको उत्कृष्ट ८ यात्रापछि फोटो फिरिममा गीतले नयाँ उचाइ थपेको रचना झापाको भद्रपुर निवासी हुन् । तर, संगीत कर्मको लागि उनी प्रायः काठमाडौमै रहन्छिन् । उनको पहिलो गीत ‘रुमाल चिनो’ हो भने हजुर मुसुक्कै, भन साइली, उनको प्रीति, चाहन्छु, सम्झिनी पानी छम्किनी, हाम्रो माया चर्किएको, सुन न पियारी, मिनिरल वाटर, आयौ चेली लगायत दर्जनौ गीतहरु हिट छन् ।

तपाईको प्रतिक्रिया