इटहरी/ युवापुस्तामा अहिले निक्कै लोकप्रिय हुँदै आएका गायक समिर श्रेष्ठ आउँदो असार १५ गते बुधबार साँझ धरानको लोकप्रिय भीन्टेज क्याफे लंज एण्ड बारको स्टेजमा आफ्नो प्रस्तुति देखाउन आउंदैछन् ।

टुबोर्ग बियरको प्रस्तुतिमा “समिर श्रेष्ठ लाइभ इन धरान” कार्यक्रममार्फत पहिलो पल्ट धरान आउन लागेका गायक समिर श्रेष्ठका थामन हात , मेरो मनमा , चार दिवार , माया त माया हो ,चित्त बुझाउनु कसरी ,बुझी देउ , आज किन ,कुरी बसेछु लगायतका गीतहरु युवा-युवतीहरु माझ अत्यधिक लोकप्रिय रहेका छन् । डिभाईन वाइन को सह -प्रायोजन तथा रेड्ब्लु इनर्जी ड्रिंक ,क्रंची फिटनेस , ट्रोल धरानको सहयोग रहेको कार्यक्रममा स्थानीय एफ थ्री ब्याण्डको समेत प्रस्तुति रहनेछ । ग्यारेज इन्टरटेनमेन्टको आर्टिस्ट म्यानेजमेन्ट र सिल्भर इन्टरटेनमेन्टको म्यानेजमेन्टमा कार्यक्रम आयोजना भएको हो ।

तपाईको प्रतिक्रिया