इटहरी/ नायिका केकि अधिकारी निर्माता बनेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ युट्युबमा सार्बजनिक भएको छ । सिनेमा हलमा ब्यापारीक सफलता खासै नपाएको चलचित्रले युट्युबमा भने राम्रै चर्चा कमाइरहेको छ । प्रदर्शनका बेला दक्षिण भारतीय चलचित्र मुम्बई एक्सप्रेसको हुबहु कपी गरिएको आलोचना खेप्नुपरेको थियो । चलचित्रलाई धेरै नेपालिहरुले युट्युबमा पर्खिरहेका थिए । यतिबेला युट्युबमा सार्बजनिक भएको २ दिनको अवधिमा चलचित्रलाई ६ लाख ६० हजार बढी पटक हेरिएको छ भने युट्युब नेपाल ट्रेन्डिङको तेश्रो स्थानमा छ । चलचित्रमा केही मिश्रित प्रतिक्रिया प्राप्त भएको छ भने धेरैले सकारात्मक कमेन्ट गरेको देख्न सकिन्छ ।

चलचित्रलाई हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो । विशाल भण्डारी निर्देशित यो फिल्ममा केकीसँगै भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई फिल्मको निर्माताका रुपमा रहेका छन् । शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहेको छ । राजनराज सिवाकोटी, कालीप्रसाद बास्कोटा र अर्जुन पोखरेलले संगीत दिएका हुन् । चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ ।

तपाईको प्रतिक्रिया