इटहरी/ यतिबेला अभिनेत्री निता ढुंगाना र युवा ज्योतिष हरिहर अधिकारीको चर्चा छ । एकातिर यी २ ले बनाउने फिल्मको त अर्कोतिर यी २ को विवाहको । ४ वर्षदेखीको प्रेम सम्बन्धलाई पूर्णता दिदै यो शुक्रवार २४ गते बिवाह बन्धनमा बाधिदै छन् । केहिदिन अघि ब्याचलरेट पार्टी सेलिब्रेट गरेकि निताले बुधबार मेहेन्दी उत्सव सम्पन्न गरेकी छन् भने हरिहरले पनि हल्दी सेरेमोनी गरेको तस्वीर सार्बजनिक भएको छ ।

अभिनेत्रीहरु रेखा थापा र अनु शाह निताको मेहन्दी समारोहमा देखिएकी छन् । हरिहरको हल्दी र निताको मेहन्दी समारोह सम्पन्न भएपछि एकआपसमा भेटेर तस्वीर खिचाएका छन् । शुक्रबार विवाह भएपनी रिसेप्सन पार्टी भने आइतबार हुनेछ । हेर्नुस् यी दुइको सामाजिक संजालबाट साभार गरिएको केही तस्वीरहरु :



तपाईको प्रतिक्रिया