इटहरी/ विगत २ वर्ष १० महिना लामो प्रेमपछि अभिनेत्री निता ढुंगाना र युवा ज्योतिष तथा कलाकार हरिहर अधिकारी बीच विवाह भएको छ । गएको शुक्रवार विहान १० बजेदेखि दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिमा उनीहरुको विवाह भएको थियो । अब भोलि आइतबार साझ याक एन्ड यतिमै रिसेप्सन पार्टीको आयोजना गर्दैछन् । विवाहको दिन दुलहा र दुलही पक्षका परिवार र आफन्तसँगै उनीहरु निकट केही चलचित्रकर्मीहरु मात्रै सहभागी थिए । विवाह समारोहमा बेहुला बेहुलीसंग फोटो खिच्नलाई कडाइ गरिएको थियो । हेर्नुस् विवाह समारोहका सार्वजनिक केही तस्वीरहरु ।

तपाईको प्रतिक्रिया