इटहरी/ यतिबेला पुजा शर्मा र आकाश श्रेष्ठ यहि असार ३१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सम्झना बिर्सना’ को प्रचारप्रसारमा ब्यस्त छन् । पुजासंग आकाशको सम्बन्ध बिग्रीएको चर्चाले फिल्मी क्षेत्रमा एक किसिमको तहल्का नै भयो भने एकढिक्का रहेका यी २ को फ्यानहरु समेत दुइधार भए । पुजाले आफ्नो प्रेमी युद्ध बानियाँ भनेर सार्बजनिक नै गरिसकेकी छन् भने पछिल्लोसमय आकाशको पनि अर्कि एक मोडलसंग नाम जोडिन थालेको छ । उक्त मोडल हुन करुणा श्रेष्ठ । केही म्युजिक भिडियोमा करुणा र आकाशले संगै काम गरेका छन् ।

यद्यपि फिल्मी दुनियाँमा स्थापित हुन भने आकाशलाई पुजाकै महत्त्वपूर्ण साथ छ, जस्लाई आकाशले पनि स्विकार्दै आएका छन् । करुणासंग आकाश निकट छन् र यिनिहरुको प्रेम मौलाउदैछ भन्ने अनुमान पछिल्लो समयको एक अन्तर्वार्ताले प्रस्ट्याउछ । प्रकाश सुवेदीको शोमा पुगेका आकाशलाई करुणाकी पुजा भनेर २ मा १ रोज्न लगाइयो । एकैछिन सोचमग्न भएका आकाशले करुणालाइ रोजे । तर, सार्वजनिक रुपमा भने आकाशले करुणासंगको प्रेम स्विकार गरेका छैनन् । हुन त कस्ले कस्लाई रोज्ने भन्ने कुरा आफ्नो स्वतन्त्रता हो, तर पब्लिक फिगर भैसकेका ब्यक्ति र चलेको हल्लालाई बल पुगेपछी यति त भन्नै पर्यो नि । हैन र ?

तपाईको प्रतिक्रिया