इटहरी/ चलचित्र विकास बोर्डले सुर्खेतमा आयोजना गरेको ‘चलचित्र महोत्सव २०१२’ बाट अभिनय यात्रा सुरु गरेका कलाकार निराजन प्रधान यतिबेला लोकप्रिय छन् । सन् १९८६ मा तनहुँको भिमादमा जन्मिएका उनले हालसम्म १ हजार बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन भने चलचित्रमा समेत सहायक कलाकारको भुमिकामा काम गरेका छन् । नेपालका प्रायः सबै चर्चित अभिनेत्रीहरु संग स्कृन शेयर गरिसकेका प्रधानले ब्यवसायिक बिज्ञापनहरुमा समेत काम गरेका छन् ।

पछिल्लो समय उनले अभिनय गरेको ‘पछ्यौरी’ गीत लोकप्रिय छ । लोकप्रियसंगै चोरीको आरोप समेत लागेको छ । सो गीतको भिडियोमा प्रधानले गायिका इन्दिरा जोशीसंग अनस्कृन रोमान्स गरेका छन भने जोशीले नै सो गीत गाएकी हुन् । उनले अभिनय गरेको गायक प्रकाश तिमिल्सिनाको ‘खाली’, गायक सिव परियारको ‘न भेटी न भेटी’, गायक राकेश गरुङ्ग(केइज)को ‘फेरी भेट न होला’, गायक ज्ञान सुब्बाको ‘तिम्रो प्रतिक्षा’ लगायत गीतहरु चर्चित बनेका छन् । हेर्नुस् ‘परिकला फोटोग्राफी’ ले कैद गरेको उनै प्रधानका केही तस्वीरहरु ।

तपाईको प्रतिक्रिया