इटहरी/ सोमबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ‘दि सिक्रेट अफ राधा’को पहिलो गीत सार्वजनिक भएको छ । सार्बजनिक गीत तथा भिडियो तिज विशेष रहेको छ । तिज नजिकिदै गर्दा निर्माण युनिटले प्रचारप्रसारमा सघाउ पुग्ने भएकोले पनि यो गीतलाई सार्बजनिक गरिएको बुझ्न सकिन्छ । सार्बजनिक ‘पाउमा पाउजु’ बोलको गीतमा सज्जा चौलागाईं र स्वस्तिमा ढकालको स्वर छ भने कालीप्रसाद बाँस्कोटाको संगीत र सृजना खत्रीको शब्द रचना समावेश गरिएको छ ।

भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन भने संजय लामाले छायांकन तथा विपिन मल्लले सम्पादन गरेका छन् । टन्नै कोरसहरु सहित कलफुल सारी चोलीमा सजिएर अभिनेत्री द्वय सृष्टि श्रेष्ठ र प्रियंका कार्की छमछमी नाच्दै कम्मर मर्काएको भिडियो हेर्न लायक बनेको छ । निर्देशक सुवर्ण थापाले अभिनेता सौगात मल्लसँग मिलेर निर्माण गरेको यो चलचित्रमा रंगकर्मी सुनिल पोखरेलको अतिथी भूमिका छ । हेर्नुस् सार्बजनिक ‘पाउमा पाउजु’को भिडियो ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति साथै मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको चलचित्रलाई सुर्वण थापा निर्देशन गरेका हुन् । चलचित्रमा सृष्टिसँगै सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । आफ्नी आमाको सम्झनामा ‘राधा’ निर्माण गरेको सुवर्णको भनाई छ ।

तपाईको प्रतिक्रिया