इटहरी/ चर्चित गायक जगदीश समालको नयाँ गीत ‘सर सर माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डि.पी खनालको शब्द रचना, शंकर थापा ‘स्माईल’को संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । अहिलेका ब्यस्त कलाकार नाजिर हुसेन र रुबिना थापाको साथमा नब कलाकार रोजिना धिमालले अभिनय गरेको म्युजिक भिडियोमा अर्जुन तिवारी र टिमको छाँयाकंन रहेको छ । हेर्नुस् भिडियो ।

भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन तथा रंग संयोजन गरेका हुन् । राजिव समरको नृत्य निर्देशन साथै शान थापाको निर्देशन रहेको यस म्युजिक भिडियोलाई गायक समालको अफिसियल युट्युब च्यानल ‘जगदिश समाल’ मार्फत सार्वजनिक गरिएको छ । हर्क राई र मधु राईको प्रस्तोता रहेको भिडियोलाइ सार्वजनिक भए संगै दर्शकको सकारात्मक प्रतिक्रिया आएको छ ।

तपाईको प्रतिक्रिया