- सुवास संकल्प


इटहरी/ बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत-३’ भारतमा ‘विश्वजितम’ नाममा प्रदर्शन गर्ने तयारी थियो । तर, अहिले ‘प्रेम गीत ३’ कै नाममा भरतमा प्रदर्शन गरिने भएको छ । आज सोमबार फिल्मका निर्माता तथा निर्देशक सन्तोष शेनले ट्रेलर रिलिज तथा फिल्म रिलिजको मिति सहितको ३ नया पोस्टर सार्बजनिक गरिदै यो कुराको जानकारी गराएका हुन् । असोज ७ गते अर्थात सेप्टेम्बर ३२ मा प्रदर्शन आउने ‘प्रेम गीत ३’ को सेप्टेम्बर १ तारिखका दिन ट्रेलर सार्बजनिक गर्ने तयारी निर्माण युनिटको रहेको छ । सन्तोष शेनका अनुसार सार्वजनिक पोस्टर हिन्दी संस्करणको रहेको र ट्रेलर पनि हिन्दी भाषामै आउने छ ।

सोही मितिमा नेपाली भाषाको ट्रेलर पनि सार्बजनिक गरिने सन्तोषले हामिलाई बताए । प्रेम गीत ३ लाई अन्य भाषामा पनि डबिङ गर्ने उनको योजना रहेको छ । यस्तै फिल्मलाई नेपाल बाहेक विश्वभर मधु इन्टरटेन्मेन्ट र युएफओले रिलिज गर्दैछ । सेनले भारतमा प्रेम गीत ३ लाई महङ्गो मुल्यमा राइट वितरण गरेका थिए भने आफू स्वयं भारतमा बसेर भारतिय संस्करणको ‘प्रेम गीत ३’ डबिङ लगायतका अन्य कामहरु गरेका थिए । प्रदिप खड्का र कृष्टिना गुरुङ प्रमुख भुमिकामा रहेको यो फिल्मलाई ‘पहिलो इन्डो-नेपाली फिल्म’ भनिएको छ । ओटिटी प्लेटफर्ममा भने यो फिल्मलाई अमेजनले रिलिज गर्दैछ । हल रिलिजको ८ हप्तापछी अमेजनमा ‘प्रेम गीत ३’ स-शुल्क हेर्न पाइने सेनले बताए ।

तपाईको प्रतिक्रिया