- सुवास संकल्प


इटहरी/ लामो पर्खाइपछि प्रेम गीत ३ अन्ततः प्रदर्शनको फाइनल चरणमा आएको छ । नेपाल मात्रै हैन भारतमा समेत यो फिल्म एकसाथ प्रदर्शनमा आउने भएको छ । यसर्थ यो फिल्मलाई ‘पहिलो इन्डो-नेपाली’ फिल्मको उपमा दिइएको छ । ५० वर्षे लामो नेपाली फिल्मको इतिहासमा यो अवस्था पहिलो चोटि आउदै छ त्यसैले पनि आउदो असोज ७ गते ‘प्रेम गीत ३’ प्रदर्शन पछि नेपाली फिल्म उधोगले नया स्वरुप पाउने पक्का छ । यसअघि फिल्म ‘लुट’ले नेपाली फिल्मको ट्रेन्ड परिवर्तित गरेझै ‘प्रेम गीत-३’ ले भने सिङ्गै नेपाली फिल्म उधोगकै विकासको लागी नयाँ जग बसाल्ने देखिन्छ । नेपाली फिल्म यसबेला सम्म नेपालमै खुम्चिरहेको अवस्थामा अब यो उधोगका फिल्महरुले विश्व बजारमा उत्रिन सफल हुनु भनेको ‘प्रेम गीत ३’ मात्रै हैन फिल्म उधोगकै एउटा ठूलो सफलता र उत्सव हो । एकबेला फिल्म प्रदर्शनमा कोरोनाले ठूलो धक्का दियो । उता फिल्मका मुख्य निर्देशक छेतेन गुरुङको निधनले अर्को पीडा थप्यो । तर, सबै लागेका घाउहरुमा यतिबेला चट्टै हुने मलम लागेको छ ।

‘प्रेम गीत-३’ को यतिबेला मुम्बईसंगै पूरा भारतमा व्यापक चर्चा छ । निर्माण युनिटले भारतीय संस्करणको ३ पोस्टर सार्वजनिक गरेसंगै चर्चा चुलिएको हो । फिल्मको टिकट काट्न मिल्ने भारतको चर्चित अनलाइन टिकेट सर्भिस ‘बुकमाइसो’ मा समेत ‘प्रेम गीत-३’ दर्ता भैसकेको छ भने बलिउड र हलिउड फिल्मका पोस्टर मात्रै टासिने मुम्बई शहरका चोकचोकमा प्रेम गीत ३ का पोस्टरले महत्त्वपूर्ण स्थान पाएको छ । उता फिल्म विश्लेषण तथा समालोचकहरुको नजरमा समेत प्रेम गीत ३ परेको छ । बलिउड फिल्मका चर्चित ट्रेड एनालाइसिस्ट तथा समीक्षक तरण आदर्शले पनि आफ्नो सामाजिक संजाल फेसबुक र ट्विटरमा ‘प्रेम गीत-३’ पोस्टर सहित कलाकार, निर्माता, निर्देशकसंगै फिल्म प्रदर्सन मिति र ट्रेलर सार्बजनिक मिति उल्लेख गर्दै पोस्ट गरेका छन् । नेपाली चलचित्रको लागि यो उनको पहिलो पोस्ट हो ।

यस्तै भारतमा यो फिल्मको प्रचार सुरु भएसंगै छोटो समयमा ट्विटर ट्रेन्डिङको ७ औं स्थानमा समेत पर्न सफल भएको थियो । त्यहाँका मिडियामा समेत यो फिल्मले प्रमुख स्थान पाइरहेको छ । प्रचारमा प्रेम गीत ३ को यो हाइहाइ र सफलता पक्कै प्रदर्शनको बेला पनि देखिनेछ । अपेक्षा त्यही गरौ । भारतमा प्रदर्शनको लागी हिन्दी भाषामा डब गरिएको यो फिल्ममा बलिउड फिल्म उधोगको ठूलो ब्यानरमा काम गरेका कलाकारहरूले डबिङ गरेका छन् भने भारतिय चर्चित कलाकारहरूले फिल्मको गीत गाएका छन् । जसको लागि निर्माता तथा निर्देशक सन्तोष सेनले मोटो रकम खर्चिएका थिए । सन्तोष भन्छन् ‘संघर्षका अनेकौं पहाड छिचोल्दै हामी यतिबेला विश्व चलचित्रको समुन्द्रमा हाम फालेका छौं । म र मेरोे टिमको यो ठुलो शाहस हो, त्यो शाहसको कारण तपाईंहरुनै हो । तपाईंहरुकै माया, प्रेम, प्रोत्साहन, सहयोग र सकारात्मक सुझाव र सल्लाहकै कारण हामीले नेपाली फिल्मलाई विश्वभरका दर्शकसम्म पुराउने ठुलो जोखिम मोलेका छौं ।’ सन्तोषका अनुसार बलिउडले आज प्रेम गीत ३ मार्फत नेपाली चलचित्रको विश्व यात्राको ढोका खोलिदिएको छ, भारतीय बजारमा मात्रै होइन, भारतिय भाषा समाबेश गरेर संसारभरका दर्शकसामु यो कुरा पुग्ने उल्लेख उनले गरेका छन् ।

उनी थप्छन् ‘नेपालकै लोकेशन, नेपालकै कथा, नेपालकै कलाकार, नेपालकै प्राविधिकको बर्षौसम्मको मिहेनत बलिउड बजार मात्रै होइन संसारका अत्याधुनिक दर्जनौं मल्टिप्लेक्समा नयां मेनुको रुपमा पुग्दैछ । यदि यो सबैको रोजाइमा पर्यो भने हाम्रा परिकार मज्जाले बिक्नेवाला छ ।’ सबैबाट सहयोगको अपेक्षा गर्दै निर्माता निर्देशक सेनले ‘यो केबल नेपाली चलचित्र उद्योगलाई मात्र नभएर नेपालकै टुरिजम सेक्टरमा पनि ठुलो टेवा पुग्ने बिषय हो, त्यसैले यस्ता किसिमका हाम्रा पहलमा सरकारी तवरबाट पनि हौसला र साथ मिल्नुपर्छ’ भन्दै आफ्नो धारणा राखेका छन् । सबैले खुलेर साथ र सपोर्ट गरेको खण्डमा सेनले अर्को ठूलो प्रोजेक्ट लिएर फेरी नेपालको नाम संसारभर राख्ने प्रयास गर्ने बताएका छन् । उनको यो आट, हिम्मत र जोशलाई सल्युट छ । विश्व बजारमा प्रेम गीत ३ बाट पहिलो यात्रा सुभारम्भ हुदैछ, नेपाली फिल्म उधोगको यो यात्रा निरन्तर चलिरहोस्, हाम्रो शुभकामना ।

तपाईको प्रतिक्रिया